विभिन्न भौतिक संरचनाहरुको विकास मार्फत प्रदेशको दिगो विकास, समृद्धि, आर्थिक सामाजिक रुपान्तरण तथा स्वच्छ वातावरण कायम गर्ने।
लक्ष्य
सुरक्षित भौतिक पूर्वाधारहरुको निर्माण गरी सुविधायुक्त, व्यवस्थित र पहिचानयुक्त वस्ति विकास गर्ने तथा सहज र सर्वसुलभ यातायात सञ्जालको विस्तार, प्रवर्द्घन एवं संरक्षण गर्ने।
उद्देश्य
प्रभावकारी, दिगो, भरपर्दो, सुरक्षित, वातावरणमैत्री र कम खर्चिलो यातायात सेवा मार्फत आर्थिक क्रियाकलाप विस्तार र सेवा प्रवाहको प्रभावकारिता बढाउनुको साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेशबिच तथा प्रदेश र स्थानीय तहबिच सम्बन्ध विस्तार गर्ने।
व्यवस्थित वस्ति विकास गरी सबैका लागि सुलभ, सुरक्षित र वातावरणमैत्री आवासको प्रवर्द्धन गर्ने।
आधारभुत सुविधायुक्त, व्यवस्थित, सुरक्षित एवं पहिचानयुक्त शहरको विकास गर्ने।
आर्थिक अवसरहरुको सृर्जना गरी रोजगारी अभिवृद्धि गरी शहरी क्षेत्रको विकास गर्ने।